Thursday, August 11, 2011

सुचना प्रबिधीको विकास र भ्रष्ट नेताहरु

          नेपाल प्रक्रितीको सुन्दरताले भरिएको मुलुक, सन्सारकै गरीब र अबिकशित मुलुक । म यहि मुलुकको सुन्दर हिमालयको काखमा सामान्य किसान परिवारमा जन्मिएको सामान्य नागरिक । विश्वमा सूचना तथा प्रबिधीको बिकास द्रुत गतिमा भैरहेको छ । हाम्रो मुलुकमा पनि सूचना तथा प्रबिधीले राम्रै फड्को मार्दै गैरहेको छ। म सामान्य गाउँको मानिस् खेतीपाती र गोठालोमा ब्यस्त हुँदाहुँदै पनि आधुनिक सूचना प्रबिधीको जमनामा कम्प्युटर - ईन्टरनेटको नजिक पुग्न संचारको बिकाशले सम्भव भएको छ । धन्यबाद छ यो सूचना प्रबिधीको बिकाशलाई । यसैले आज म नेपालको एक दुर्गम गाउँमा रहेर पनि संसार लाई हेर्न र देखन सक्ने भएको छु । मुरी-मुरी धन्यबाद् भन्न चाहन्छु यो नयाँ जमनालाई । यो समयले यति चाडै मलाइ यहाँ पुर्याउन्छ भन्ने कल्पना गरेको थीइन् मैले । यशमा त खुशि छु म । मात्र मलाई दुख लागेको छ नेपाल को बिक्रित राजनीति देखेर । नेताहरुको बुद्धीमा वीरको लागेको देखेर । एउटा सुन्दर प्रकृतिको उपहारले भरिएको देश र मनका धनी नेपाली जनताहरुको भावनामा आगो लगाउदैछन यिनीहरु, पढेका पनि छन् संसार यिनैले देखेका पनि छन्, तर पनि   यिनीहरुको बुद्धी भ्रष्ट हुँदै गैरहेको छ र देश्लाई अझ अन्धकार तिर धकेल्दै छन् , खाल्टामा हाल्दै छन्, जनतालाई रुवाँउदै छन् । हे पशुपतिनाथ यिनीहरुको भ्रष्ट बुद्धी भरिएको खोपडिमा सद्बुद्धी भरिदिनुहोश् ।।।

No comments:

Post a Comment

Newer Post Home