हामी सबै कर्मशिल नेपाली, मनका धनी, एक आपसमा मेलमिलाप गरी घर समाज र देश बिकास गरी समृध्द बनाऔँ । सबै जात जाती भाषा भाषी, र धर्मावलम्बीहरुमा सम्मान र सदभाव कायम गरौं । कमजोर वर्गलाई शिक्षा, स्वास्थ्य र आर्थिक रुपमा सवल बनाउँदै लाने प्रयास आ-आफ्नो विचार, तह र क्षेत्रबाट गरौं । सबै मिलेर गरिने राम्रो कार्यले छिट्टै पुर्णता पाउने गर्छ र सुखद परिणाम हाँसिल हुन्छ । आखिर जन्म पछि मरण त ध्रुब सत्य नै छ । त्यसकारण यो सबै भन्दा महत्वपुर्ण मानिसको जीवन असल कार्य मात्र गरी सार्थक बनाएर ब्यतित गरौँ ।
एउटै पूर्ण तलाउमा मन मिले उधोग मौलाँउछ ।
माछो एक सड्यो भने तर त्यहाँ दुर्गन्ध फैलाउँछ ।।
त्यसकारण हाम्रो अमुल्य जीवन सडाएर दुर्गन्द फैलाउदै नबिताऔँ !!!!!
------धन्यवाद ------
No comments:
Post a Comment