Showing posts with label समसामायिक टिप्पणी. Show all posts
Showing posts with label समसामायिक टिप्पणी. Show all posts

Wednesday, August 17, 2011

नयाँ सरकार निर्माणको क्रम मा जनताको चाहना

0 टिप्पणीहरु
अहिले सम्म सबै पार्टी हरुको भूमिका हेर्दा नेपाली जनताको विश्वाश जित्न सफल कुनै पनि भयेनन । त्यसकारन प्रधान मन्त्री को रुपमा ब्यक्ति बिशेष को लागि जनताको विश्वाश डा. बाबुराम भट्टराई लाई सबै भन्दा बढी स्वीकार गरेको देखिन्छ । तर पर्ति लाई हेरेर हैन किनकी उन्को पार्टी ले पनि जनताको मन जित्ने कुनै राम्रो काम गर्न सकेन । तर पनि कुनै न कुनै पार्टीको मानिस प्रधान मन्त्री त हुनै पर्‍यो त्यसकारण जनताले बाबुराम कै बढी बिस्वास गरेका छन् । सबै पार्तिका नेता भन्दा उनैको पल्ल भारी देखिन्छ अबको दिनमा एउटै भरोसा जनताले उनैको गरेका छन् ।त्यस्कारन सबै पार्टीले सहमतीको साथ् देशमा शान्ति सुब्यबस्त कायम गरि सहि दिसा मुलुकलाई दिन एक पटक सहयोग गरुन् आम जनताको भाबना यहि भएको देखिन्छ । अनी सक्रिय युवा र बुद्धिजिबी लियेर मन्त्री मन्दल निर्माण गरि राष्ट्रलाई सहि दिसा प्रधान गरुन् भन्ने कुरा जनताले चहेक छन् ।
धन्यबाद् 

Thursday, August 11, 2011

सुचना प्रबिधीको विकास र भ्रष्ट नेताहरु

0 टिप्पणीहरु
          नेपाल प्रक्रितीको सुन्दरताले भरिएको मुलुक, सन्सारकै गरीब र अबिकशित मुलुक । म यहि मुलुकको सुन्दर हिमालयको काखमा सामान्य किसान परिवारमा जन्मिएको सामान्य नागरिक । विश्वमा सूचना तथा प्रबिधीको बिकास द्रुत गतिमा भैरहेको छ । हाम्रो मुलुकमा पनि सूचना तथा प्रबिधीले राम्रै फड्को मार्दै गैरहेको छ। म सामान्य गाउँको मानिस् खेतीपाती र गोठालोमा ब्यस्त हुँदाहुँदै पनि आधुनिक सूचना प्रबिधीको जमनामा कम्प्युटर - ईन्टरनेटको नजिक पुग्न संचारको बिकाशले सम्भव भएको छ । धन्यबाद छ यो सूचना प्रबिधीको बिकाशलाई । यसैले आज म नेपालको एक दुर्गम गाउँमा रहेर पनि संसार लाई हेर्न र देखन सक्ने भएको छु । मुरी-मुरी धन्यबाद् भन्न चाहन्छु यो नयाँ जमनालाई । यो समयले यति चाडै मलाइ यहाँ पुर्याउन्छ भन्ने कल्पना गरेको थीइन् मैले । यशमा त खुशि छु म । मात्र मलाई दुख लागेको छ नेपाल को बिक्रित राजनीति देखेर । नेताहरुको बुद्धीमा वीरको लागेको देखेर । एउटा सुन्दर प्रकृतिको उपहारले भरिएको देश र मनका धनी नेपाली जनताहरुको भावनामा आगो लगाउदैछन यिनीहरु, पढेका पनि छन् संसार यिनैले देखेका पनि छन्, तर पनि   यिनीहरुको बुद्धी भ्रष्ट हुँदै गैरहेको छ र देश्लाई अझ अन्धकार तिर धकेल्दै छन् , खाल्टामा हाल्दै छन्, जनतालाई रुवाँउदै छन् । हे पशुपतिनाथ यिनीहरुको भ्रष्ट बुद्धी भरिएको खोपडिमा सद्बुद्धी भरिदिनुहोश् ।।।
Home